Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

गणेश नेपाली आत्मदाह प्रकरण: सोधपुछका लागि नियन्त्रणमा लिइएका सबै जना छुटे

गणेश नेपाली आत्मदाह प्रकरण: सोधपुछका लागि नियन्त्रणमा लिइएका सबै जना छुटे


  • 974
    Shares

    गणेश नेपाली आत्मदाह प्रकरण: सोधपुछका लागि नियन्त्रणमा लिइएका सबै जना छुटे
    images

    काठमाडौं । गणेश नेपालीले आत्मदाह गरेको घटनामा सोधपुछका लागि बोलाइएका सबै जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईलाई सबै जनालाई शुक्रबारै छाडिएको बताएका छन् ।

    महाननर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्वीललक लगाएको विषयमा विवाद भएपछि नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारको क्रमा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।

    त्यसपछि सोधपुछका लागि भन्दै प्रहरीले महानर प्रहरी र घटनाका प्रतक्ष्यदर्शीलाई बोलाएको थियो । सोधपुछ तथा घटना विवरण कागज गराएर प्रहरीले उनीहरूलाई छाडेको छ ।

    यो घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको कमाण्डमा पाँच सदस्यीय समिति बनाइएको छ ।  

     

    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - १६:५२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij