२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । क्यानडा पठाइदिने भन्दै २६ जनाबाट २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा कैलालीका एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका-६ घरभई अहिले काठमाडौंको चन्द्रागिरी नगरपालिका-५ बस्ने ४६ वर्षीय लहानु राम चौधरी रहेको प्रहरीले जनाएको छ ।
चौधरीलाई पीडितको उजुरीका आधारमा पक्राउ गरेको प्रहरीले भनेको छ । पीडितहरूले उनीमाथि रकम लिएर सम्पर्कविहीन भएको आरोप लगाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij