Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आत्मदाह प्रयास गरेका विवेकको अवस्था चिन्ताजनक

आत्मदाह प्रयास गरेका विवेकको अवस्था चिन्ताजनक


  • 1.5K
    Shares

    आत्मदाह प्रयास गरेका विवेकको अवस्था चिन्ताजनक
    images

    काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ ।

    शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याइएका उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन् । उनलाई शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पतालमा ल्याइएको थियो ।

    मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको छ । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको छ । अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीका अनुसार विवेकको आज शल्यक्रिया गरिंदैछ ।

    २५ वर्षीय विवेकले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन् ।

    बिहीबार मात्रै त्रिपुरेश्वरमा मुगेका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए । उनलाई शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत घोषणा गरिएको थियो ।   

     

    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - ११:२५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij