Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

मिटरब्याजी पीडितको काठमाडौं पैदल मार्च चौथो दिनमा, लालबन्दीबाट अघि बढ्दै

मिटरब्याजी पीडितको काठमाडौं पैदल मार्च चौथो दिनमा, लालबन्दीबाट अघि बढ्दै


  • 918
    Shares

    मिटरब्याजी पीडितको काठमाडौं पैदल मार्च चौथो दिनमा, लालबन्दीबाट अघि बढ्दै
    images

    काठमाडौं । मिटरब्याजी पीडितको काठमाडौं पैदल मार्च चौथो दिनमा, लालबन्दीबाट अघि बढ्दैसर्लाही -मिटरब्याज विरुद्धको न्याय मार्च चौथो दिन आज सर्लाहीको लालबन्दीबाट अगाडि बढेको छ। 

    जनकपुरबाट गत असार २५ गते सुरु भएको यो पैदल यात्रा काठमाडौं नपुगी नरोकिने दृढताका साथ पीडितहरू अघि बढिरहेका छन्। राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरू आन्दोलित भएका हुन्।

    न्याय खोजीमा निस्किएका सयौँ सहभागीहरूले चुपचाप तमसूक फाड र अधिकार माग्न काठमाडौँ जान पर्दैनु जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर मार्चमा सहभागी भएका छन्। उनीहरू प्रत्येक दिन करिब २०-२६ किलोमिटर पैदल यात्रा गर्दै राजधानी तर्फ अगाडि बढिरहेका छन्। 

    आयोजकहरूका अनुसार सरकारले यसअघि चारपटक सम्झौता गरे पनि ती प्रतिबद्धताहरू कार्यान्वयन नगरेकाले पुनः आन्दोलनमा उत्रनु परेको हो। सरकारलाई सम्झौता कार्यान्वयनका लागि कडा दबाब दिन यसपटक निर्णायक मार्च सुरु गरिएको पीडितहरूले बताएका छन्। आफ्ना अधिकार सुनिश्चित नभएसम्म यात्रा नरोकिने आयोजकहरूको भनाइ छ।  

    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - ११:०९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij