२०८३ आश्विन २ गते शुक्रवार
धनगढी । बझाङमा बोलेरो जिप दुर्घटना भएको छ । केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा शनिबार दिउँसो बोलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले जिप दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी टोली त्यसतर्फ हिंडेको जानकारी दिए ।
तर, घटनास्थल टाढा र भौगोलिक रूपमा विकट भएका कारण विवरण प्राप्त भइनसकेको जोराले बताए । उनकाअनुसार जिपमा १५/१६ जना सवार भएको प्रारम्भिक जानकारी आएपनि यकिन हुन बाँकी छ ।
केदास्युँ गाउँपालिकाका अध्यक्ष गणेशबहादुर बोहराले दुर्घटनामा ठूलो हाताहाती भएको खबर आएको जानकारी दिए ।
जिप सडकबाट करीब ३०० मिटर तल खसेको छ । अहिले घाइतेको उद्धारका लागि स्थानीयहरु घटनास्थलतर्फ गइरहेको अध्यक्ष बोहराले बताए । घाइतेको उद्धारका लागि हेलिकप्टर बोलाउन समन्वय भइरहेको उनले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij