Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकार नागरिकको जीवनभन्दा सामाजिक सञ्जाल व्यवस्थापनमा केन्द्रित भएको सचेतक राईको आरोप

सरकार नागरिकको जीवनभन्दा सामाजिक सञ्जाल व्यवस्थापनमा केन्द्रित भएको सचेतक राईको आरोप


  • 1.2K
    Shares

    सरकार नागरिकको जीवनभन्दा सामाजिक सञ्जाल व्यवस्थापनमा केन्द्रित भएको सचेतक राईको आरोप
    images

    काठमाडौं । नेपाली काँग्रेसका सचेतक निश्कल राईले सरकार नागरिकको जीवन र पीडाप्रति संवेदनशील हुनुको साटो सामाजिक सञ्जाल व्यवस्थापनमा मात्र केन्द्रित भएको आरोप लगाएका छन्। 

    शुक्रवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको कार्यशैली र नीति निर्माण प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन् । हालै भएको गणेश नेपालीको आत्मदाहको घटनाप्रति दुःख व्यक्त गर्दै सचेतक राईले नीति निर्माण गर्दा तल्लो तहका र विपन्न नागरिकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । घटनापछि गृहमन्त्रीको सक्रियताप्रति टिप्पणी गर्दै राईले सरकारमा संवेदनशीलताको कमी देखिएको जिकिर गरेका छन् । 

    उनले भने, ‘हामीले बनाउने नीतिले मध्यमवर्गीय र निमुखा नागरिकको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने हेक्का नहुँदा आज यस्तो दुःखद् स्थिति सृजना भएको हो । संसद्मा नीति निर्माण गर्दा सत्ता र प्रतिपक्षभन्दा माथि उठेर आम नागरिकको हित हेर्न जरुरी छ । गृहमन्त्री पीडितकहाँ जानु सकारात्मक भए पनि युट्युबरहरू सँगै लिएर जाने र लाइभ गर्ने कार्यले उहाँको गम्भीरतामाथि प्रश्न उठाएको छ । सरकार नागरिकको जीवन रक्षाभन्दा पनि सोसल मिडिया म्यानेजमेन्टमा बढी व्यस्त देखिएको छ ।’ 

     

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १७:३४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij