Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

बाढीले सयौँ विषालु सर्प बगाएपछि....

बाढीले सयौँ विषालु सर्प बगाएपछि....


  • 925
    Shares

    • images
    बाढीले सयौँ  विषालु सर्प बगाएपछि....
    images

    काठमाडौं । चीनको दक्षिणी गुआङ्सी क्षेत्रमा आएको भीषण बाढीपछि सहरभरि सयौँ विषालु सर्प फैलिँदा स्थानीयवासी त्रसित बनेका छन् ।

    राज्य सञ्चारमाध्यमका अनुसार मायसाक आँधी पछि आएको बाढीमा हालसम्म ३९ जनाको मृत्यु भएको छ । गुआङ्सी क्षेत्रको हेङझोउ सहरमा एउटा सर्प पालन केन्द्रबाट करिब ९०० वटा सर्प बाढीले बगाएको अनुमान गरिएको छ । तीमध्ये धेरै विषालु रहेको अधिकारीहरूले बताएका छन् । एक महिलाको कोब्रा सर्पको टोकाइबाट मृत्यु भएको छ भने अन्य केही व्यक्तिलाई पनि सर्पले टोकेको राज्य सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा सर्पहरू बाढीको पानीमा पौडिँदै सडकभरि घुमिरहेको देखिन्छ । यसपछि स्थानीय प्रशासनले सर्वसाधारणलाई बाढीको पानीमा विषालु सर्प हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । 

    अधिकारीहरूले सर्प समात्ने टोली परिचालन गरेका छन्, अस्पतालहरूमा एन्टिभेनम औषधिको मौज्दात बढाइएको छ र स्वास्थ्यकर्मीहरूलाई सम्भावित सर्पदंशका बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको छ ।

    बाढीका कारण अन्य जनावरहरू पनि बगाएका छन् । एउटा निजी चिडियाखानाबाट दुई वटा जेब्रा, एउटा कुम भएको गोरु, तीन वटा साना घोडा, दुई वटा गधा, अस्ट्रिच, इमु र र्याकुन लगायतका जनावर भागेका छन् । चिडियाखानाले ती जनावर देखेमा तुरुन्त जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ । 

    images
    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १७:२८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij