२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । टिकटकको मूल कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।
ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार ४३ वर्षीय झाङको कुल सम्पत्ति १०५ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ। बाइटडान्सको मूल्याङ्कन बढेसँगै उनको सम्पत्ति यसै महिना १२ अर्ब डलरभन्दा बढीले बढेको बताइएको छ।
झाङले भारतीय उद्योगपति गौतम अडानीलाई पछि पारेका हुन्। अडानीको सम्पत्तिमा पछिल्ला महिनामा बजारको उतारचढाव र अदानी समूहका कम्पनीको सेयर मूल्यमा आएको गिरावटको असर परेको छ।
बाइटडान्सले टिकटकबाहेक एआई क्षेत्रमा पनि तीव्र विस्तार गरिरहेको छ। कम्पनीले ‘डौबाओ’ एआई च्याटबट र ‘सीडान्स’जस्ता एआई उत्पादन विकास गरिरहेको छ। एआई व्यवसायको विस्तार र कम्पनीको मूल्याङ्कन बढ्नु झाङको सम्पत्ति वृद्धिको प्रमुख आधार बनेको बताइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij