Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

लाइभ कभरेज गरिरहेका बेला खस्यो हेलिकप्टर, ३ जनाको मृत्यु

लाइभ कभरेज गरिरहेका बेला खस्यो हेलिकप्टर, ३ जनाको मृत्यु


  • 883
    Shares

    लाइभ कभरेज गरिरहेका बेला खस्यो हेलिकप्टर, ३ जनाको मृत्यु
    images

    अमेरिकाको लस एन्जलसमा मंगलबार साँझ एनबीसी न्युजको हेलिकप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। 

    बस र एसयूभी ठोकिएको कभरेज गरिरहेका बेला हेलिकप्टर खसेको हो। दुर्घटनामा पाइलट जर्ज मार्सिनिभ र फोटो पत्रकार एलियाना मोरेनो दुवैको मृत्यु भएको हो।

    nbc-heli_FJTsrdsu7r (1).png

    साथै खसेको हेलिकप्टरले लाग्दा जमिनमा रहेका एक व्यक्तिको पनि मृत्यु भयो। लस एन्जलसको सान फर्नान्डो उपत्यकाको च्याट्सवर्थ क्षेत्रमा रहेको सेल्फ-स्टोरेज सुविधा नजिकै पार्किङ स्थलमा हेलिकप्टर खसेको थियो।

    खसेपछि हेलिकप्टरमा आगो लाग्यो र नजिकैका सवारीसाधनमा पनि सल्किएको थियो। 

    एनबीसीका प्रस्तोता कोलिन विलियम्सले प्रत्यक्ष प्रसारणका क्रममा स्टेसनको हेलिकप्टर मंगलबार साँझ ७ बजेतिर दुर्घटना भएको बताइन्। उनले भनिन्, ‘स्टेसनको हेलिकप्टरमा रहेका यात्रुहरूसँग सम्पर्क टुटेको छ।’

    हेलिकप्टर दुर्घटना हुनुभन्दा करिब दुई घण्टाअघि लस एन्जलसको मेट्रो बस नोर्डहफ स्ट्रिटमा यात्रुवाहक सवारी साधनसँग ठोकिएको थियो। जसमा दुई जनाको मृत्यु भएको थियो भने धेरै जना घाइते भएका थिए।

    हेलिकप्टर त्यसैको न्युज लाइभ गर्न उडेको थियो। 

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - २१:०३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij