Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुडानको सुनखानी भत्किँदा कम्तीमा ६० जनाको मृत्यु

सुडानको सुनखानी भत्किँदा कम्तीमा ६० जनाको मृत्यु


  • 470
    Shares

    सुडानको सुनखानी भत्किँदा कम्तीमा ६० जनाको मृत्यु
    images

    काठमाडौं । दक्षिणी सुडानमा एउटा सुनखानी भत्किँदा कम्तिमा ६० साना खानी मजदुरहरुको मृत्यु हुनुका साथै धेरै बेपत्ता भएको जनाइएको छ । पश्चिम कोर्डोफानको एल–नाहुद सहर नजिकैको अल–जारा सुनखानी भत्किय पछिको उद्धार अभियानमा ६० जनाको शव बरामद गरिएको जनाइएको छ ।

    रातभरि उद्धार अभियानमा सहभागी भएपछि दुर्घटनामा बाँच्न सफल भएकाहरुले अझै कति जना मजदुरहरु खानी भित्रै फसिरहेको जनाएका छन् ।

    सन् २०२३ अप्रिलमा सुडानको सेना र अर्धसैनिक द्रुत समर्थन बलहरू बीच युद्ध सुरु भएदेखि, दुवै पक्षको युद्ध प्रयासहरूबीच विदेशी समर्थकहरूका अतिरिक्त सुन उद्योगद्वारा वित्त पोषित गरिएको जनाइएको छ ।

    द्वन्द्वले सुडानको पहिले नै कमजोर अर्थतन्त्रलाई तहसनहस पारेको छ भने देशका धेरै भागलाई प्रभावित बनाएको छ ।

    दुर्घटनामा परी बाच्ँन सफल भएकाहरुले अहिलेसम्म ६० जनाको शव निकालिएको पुष्टि गर्दै अझै धेरै जना कामदारहरु खानीको भग्नाबसेसमा पुरिएको जनाएका छन् । सुडान विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापनको सङ्कटबाट गुज्रिरहेको छ भने हाल लगभग दुई करोड मानिसहरूले भोकमरीको सङ्कटको सामना गरिरहेका छन् । 

     

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - १७:१५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij