Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

धोबीखोलामा हामफालेकी महिलाको अझै खुलेन पहिचान

धोबीखोलामा हामफालेकी महिलाको अझै खुलेन पहिचान


  • 1.1K
    Shares

    धोबीखोलामा हामफालेकी महिलाको अझै खुलेन पहिचान
    images

    काठमाडौं । काठमाडौंको बल्खुमा मृत भेटिएकी महिलाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बिहीबार साँझ करिब ३५ वर्षीया महिलाको शव बल्खुस्थित कुमारी क्लब नजिक बागमती किनारमा फेला परेको थियो । घटनास्थल मुचुल्का गरेर प्रहरीले शव शिक्षण अस्पतालमा लगेर राखेको छ ।

    ती महिला रातोपुल र कालोपुलको बिचबाट धोबीखोलामा हामफालेकी थिइन् । बिहीबार दिउँसो ४ बजेतिर हाम फालेकी उनको खोजी गर्दा शव भेटिएको थियो ।

    मृतकको अहिलेसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएका छन् । प्रहरी वृत्त मालिगाउँले सो घटनाबारे अनुसन्धान गरिरहेको छ ।  

     

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १७:२३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij