Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गृहमन्त्रीमाथि ज्ञानेन्द्रको प्रहार: गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर ?

गृहमन्त्रीमाथि ज्ञानेन्द्रको प्रहार: गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर ?


  • 1.1K
    Shares

    गृहमन्त्रीमाथि ज्ञानेन्द्रको प्रहार: गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर ?
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले काठमाडौँ सहर र राज्यको नीति केवल धनी र शक्तिशालीका लागि मात्रै हो कि गरिबको पनि हो भन्दै गम्भीर प्रश्न उठाएका छन्। 

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद शाहीले मुगुका २५ वर्षीय युवक गणेश नेपालीको आत्मदाह र निधनको विषयलाई लिएर सरकार र काठमाडौँ महानगरपालिकामाथि तीव्र आक्रोश पोखेका हुन्। 

    सांसद शाहीले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै गरिब र श्रमजीवी वर्गको बाँच्न पाउने अधिकारमाथि प्रश्न गरे।  ‘यो काठमाडौँ सहर अर्बपति र करोडपतिहरूको मात्रै हो रु यो गरिब, दुःखी, श्रमिक र निमुखा जनताको सहर हो कि होइन ?,’ उनले संसद्‌मा भने, ‘यदि यो नेपालको राजधानी हो भने यहाँ सर्वहारा वर्गले किन बाँच्न पाउँदैन ? सरकार अर्बपतिलाई चाहिएको होइन, सरकार त निमुखा र अपहेलितहरूलाई चाहिएको हो।’

    १० हजार रुपैयाँ जरिवाना तिर्न नसकेर एउटा युवाले मर्नुपर्ने परिस्थितिलाई उनले राज्यको नीतिले गराएको हत्याुको संज्ञा दिए। शाहीले गृहमन्त्री सुधन गुरुङको कार्यशैलीमाथि पनि तिखो प्रहार गरे। गृहमन्त्री मिडिया र क्यामेरा बोकेर फिल्मको नायक जस्तै स्टन्ट गरिरहेको तर जनताको ज्यान बचाउन असफल भएको उनको आरोप थियो। 

    ‘गृहमन्त्रीज्यू, तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर ? क्यामेरामा लाइक र भ्युज पाउनका लागि गरिने स्टन्टले जनताको ज्यान बच्दैन,’ शाहीले आक्रोश पोख्दै भने, ‘यदि सरकारले समयमै एयर एम्बुलेन्सको व्यवस्था गरेर गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली पुर्‍याएको भए आज उनी जीवित हुने थिए।’

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १४:१९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij