Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

कर्मचारीको आचरण सुधार्न 'डिजिटल' निगरानी सुरु, खराब रेकर्ड सिस्टममा अनिवार्य देखिने

कर्मचारीको आचरण सुधार्न 'डिजिटल' निगरानी सुरु, खराब रेकर्ड सिस्टममा अनिवार्य देखिने


  • 841
    Shares

    • images
    कर्मचारीको आचरण सुधार्न 'डिजिटल' निगरानी सुरु, खराब रेकर्ड सिस्टममा अनिवार्य देखिने
    images

    काठमाडौं । सरकारले कर्मचारीहरूको अनुशासन र आचरण सुधार्न डिजिटल निगरानी प्रणाली सुरु गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि कर्मचारीको आचरणगत अनुशासनको स्थितिलाई कर्मचारी वैयक्तिक विवरणमा अनिवार्य रूपमा अभिलेखीकरण गर्न थालिएको छ। 

    राष्ट्रिय किताबखाना र राष्ट्रिय सतर्कता केन्द्रले संयुक्त रूपमा यो कार्य प्रारम्भ गरेका हुन्। किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार, सतर्कता केन्द्रलाई कर्मचारीको पीआईएस सिस्टमभित्र प्रवेश गरी सम्बन्धित कर्मचारीमाथि भएको कारबाहीको विवरण प्रविष्ट गर्न सक्ने गरी पहुँच उपलब्ध गराइएको छ। 

    यो विवरणलाई थप स्पष्ट पार्न पीआईएस सिस्टममा ‘कस्टमाइजेसन’ को कार्यसमेत थालिएको छ।यसअघि समयको पालना नगर्ने, माथिल्लो निकायको आज्ञा उल्लङ्घन गर्ने वा काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई सुपरीवेक्षकले चेतावनी दिने गरे पनि त्यसको औपचारिक अभिलेख रहने गरेको थिएन। 

    जसका कारण खराब आचरण भएका र सफा रेकर्ड भएका कर्मचारीले सरुवा, बढुवा र पुरस्कारमा समान सुविधा पाउने स्थिति थियो। खराब आचरण भएका कर्मचारी नै पुरस्कृत हुने अवस्थाले सरकारको निर्णयको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको थियो । 

    निजामती सेवा ऐन २०४९ को दफा ५५ (क) बमोजिम समयको पालना नगरेमा, सरकारी कामकाजमा माथिल्लो कर्मचारीको आज्ञा पालना नगरेमा र कार्यालयको काममा लापरबाही वा ढिलासुस्ती गरेमा सुपरीवेक्षकले कारण खुलाएर कर्मचारीलाई चेतावनी दिन सक्ने व्यवस्था छ। 

    अब डिजिटल प्रणाली लागू भएसँगै कुनै पनि कर्मचारीले गरेको गल्ती वा उसले पाएको चेतावनी उसको स्थायी रेकर्डमा सधैँका लागि रहनेछ, जसले कर्मचारी प्रशासनलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।

    images
    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १०:४१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij