Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

जेनजी आन्दोलन सकिनासाथ नारायणहिटी सफा गर्न लगाएकै रहेछ: प्रचण्ड

जेनजी आन्दोलन सकिनासाथ नारायणहिटी सफा गर्न लगाएकै रहेछ: प्रचण्ड


  • 1.1K
    Shares

    जेनजी आन्दोलन सकिनासाथ नारायणहिटी सफा गर्न लगाएकै रहेछ: प्रचण्ड
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनको समयमा नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूले पाएको दाबी गरेका छन्। पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

    सम्बोधनका क्रममा संयोजक प्रचण्डले भदौ २६ गते राति राष्ट्रपति निवास शीतलनिवासमा बसेर नेताहरूले देशलाई अर्को ठूलो दुर्घटनाबाट बचाउन गम्भीर चिन्ता र विमर्श गरेको स्मरण गरे। सो अवधिमा जनतामाझ देश अर्कै युगमा जाँदैछ भन्ने परिचर्चा समेत चलेको उनले उल्लेख गरे। 

    त्यतिबेला नारायणहिटी सफा हुँदैछ, केही घण्टापछि देश अर्कै युगमा जाँदैछ भन्ने चर्चा परिचर्चा हुँदै थियो। पछि हामीले बुझ्दा सफा त गर्न लगाएकै रहेछन्,’ प्रचण्डले भने, ‘नारायणहिटी सफा गर्न लगाउने भनेपछि कस्तो स्थिति हो ? जनता र नेताको सम्बन्ध कटेको छ। कार्यकर्तासँग पनि कटेको छ। असाधारण परिस्थितिबाट देश गुज्रिएको थियो। २६ गते यो देशलाई अर्को दुर्घटनाबाट बचाउने भन्नेतिर हाम्रो दिमाग गएको थियो। हामी आफूलाई के हुने भन्ने कुनै टेन्सन थिएन।’

    संसद् विघटनको विपक्षमाउनले आफूहरू त्यतिबेला संसद् विघटन गर्ने पक्षमा नरहेको स्पष्ट पारे। यद्यपि, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अन्तरिम सरकार गठनका लागि पत्र लेखेको कुरालाई उनले पुनः दोहोर्‍याएका छन्। 

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - १७:१२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij