२०८३ श्रावण ११ गते सोमवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचनमा सभापति रवि लामिछानेले मतदान गरेका छन् ।
मतदान प्रक्रिया अन्तिम चरणमा पुगेसँगै सभापति लामिछानेले मतदान गरेका हुन् । गएराति १२ बजेदेखि विद्युतीय मतदान भइरहेको छ ।
निर्वाचनमा ३७९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मतदान सम्पन्न भएको २ घण्टामा परिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij