Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

कक्षा १२ को नतिजामा कुनै त्रुटि छैन

कक्षा १२ को नतिजामा कुनै त्रुटि छैन


  • 813
    Shares

    • images
    कक्षा १२ को नतिजामा कुनै त्रुटि छैन
    images

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ को नतिजा प्रकाशनमा कुनै पनि किसिमको त्रुटि वा लापरबाही नभएको स्पष्ट पारेको छ। 

    सिंहदरबारमा मङ्गलबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले नतिजामा लापरबाही भएको भन्ने आरोप भ्रमपूर्ण र प्रोपगान्डा मात्रै भएको बताएका हुन्। सचिव पौडेलले शिक्षकहरूलाई थप जिम्मेवार बनाएका कारण यसपटक ग्रेडको प्रतिशत बढेको र छिटो नजिता प्रकाशन गर्न सफल भएको दाबी गरे। 

    मन्त्रालयले नजिता प्रकाशनका विषयमा सूक्ष्म अध्ययन गर्दा समेत कुनै त्रुटि फेला नपरेको भन्दै उनले पूर्ण इमानदारीपूर्वक कपी परीक्षण भएको जानकारी दिए। विदेशी विद्यार्थीलाई भिसा सहज बनाइँदै बैठकमा सचिव पौडेलले नेपालका विभिन्न विश्वविद्यालयहरूमा अहिले करिब १४ सय विदेशी विद्यार्थीहरू अध्ययनरत रहेको तथ्याङ्क प्रस्तुत गरे।

    ती विदेशी विद्यार्थीहरूको भिसा प्रक्रियालाई सहजीकरण गर्ने विषयमा गृह मन्त्रालयसँग छलफल अघि बढाइएको उनले बताए। यसका साथै चिकित्सा शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउनका लागि सरकारले नीतिगत निर्णय गर्ने तयारी गरिरहेको समेत उनले जानकारी दिए।

    खुला विश्वविद्यालयको स्थायी शिक्षक नियुक्तिको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउँदै उनले विश्वविद्यालयका नियुक्तिहरू विद्यमान ऐन र व्यवस्था अनुसार नै भइरहेको स्पष्ट पारे।ने पाली विद्यार्थीहरू बाहिरिने क्रमबारे बोल्दै सचिव पौडेलले स्वदेशमा अध्ययन पूरा गरेपछि पर्याप्त रोजगारीको अवसर नहुँदा विद्यार्थीहरू विदेश पलायन भइरहेको स्वीकार गरे। 

    images
    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - १४:२९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij