Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

रास्वपालाई अध्यक्ष राउतको सुझावः जेनजी आन्दोलनको भावलाई नबिर्सनु

रास्वपालाई अध्यक्ष राउतको सुझावः जेनजी आन्दोलनको भावलाई नबिर्सनु


  • 771
    Shares

    • images
    रास्वपालाई अध्यक्ष राउतको सुझावः जेनजी आन्दोलनको भावलाई नबिर्सनु
    images

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले जेनजी आन्दोलनको भावलाई नबिर्सन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई सुझाव दिएका छन् । चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन्। 

    अध्यक्ष राउतले आफू उक्त महाधिवेशनमा जेनजी आन्दोनलबाट प्राप्त विश्वास नभूल्नका लागि रास्वपालाई सम्झाउन पनि महाधिवेशनमा सहभागी हुन आएको स्पष्ट पारेका छन् । उनले आफूले आफनो पार्टीको देश बनाउने सपना पनि रास्वपाबाटै पूरा होस् भन्ने चाहेको जिकिर गरेका छन् ।

    अध्यक्ष राउतले भने,‘ जेन–जी आन्दोलनको भावलाई नबिर्सनु होला भनेर सम्झाउन पनि म यो महाधिवेशनमा आएको हुँ । त्यही भएर तपाईहरुको जुन आन्दोलनबाट उदय हुनुभएको छ । जुन जनआस्था प्राप्त गर्नुभएको छ । विश्वास प्राप्त गर्नुभएको छ । त्यो शहीदको सपना कहिल्यै पनि नबिर्सनु होला भनेर पनि म यहाँबाट भन्न चाहन्छु । हाम्रो पार्टी फरक होला केही छैन । हामी भन्छौँ-हाम्रो सपना पनि तपाईमार्फत नै पूरा होस्, हामी त्यो चाहन्छौँ । त्यसको लागि हामी शुभकामना दिन चाहन्छौँ ।’

    अध्यक्ष राउतले रास्वपाले जेनजी आन्दोलनका शहीदहरुको सपनालाई पनि नबिर्सने विश्वास व्यक्त गरेका छन्। 

    images
    प्रकाशित मिति :आषाढ ७ २०८३ आइतवार - १६:३५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij