Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

चिट्ठाको प्रलोभन देखाएर ठगी गर्ने ३५ वर्षीय युवक पक्राउ

चिट्ठाको प्रलोभन देखाएर ठगी गर्ने ३५ वर्षीय युवक पक्राउ


  • 1.4K
    Shares

    चिट्ठाको प्रलोभन देखाएर ठगी गर्ने ३५ वर्षीय युवक पक्राउ
    images

    काठमाडौं । विराटनगरमा आकर्षक उपहारको प्रलोभन देखाई चिट्ठा मार्फत सर्वसाधारणलाई ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर-११ महेन्द्र चोक बस्ने ३५ वर्षीय सुवास राई रहेका छन्।

    राईले ओसियन डिजिटल सोल्युसन प्रालिको नामबाट अनाधिकृत रूपमा कम्पनी खडा गरी विभिन्न आकर्षक इलेक्ट्रोनिक सामानहरू चिट्ठामा पर्छ भन्दै रसिद काटी रकम उठाउने गरेको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। 

    प्रहरी टोलीले जाँँच गर्दा राईलाई उक्त कम्पनीको नाममा रहेका विभिन्न कागजात र रसिद सहित चिट्ठा खेलाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    ​उनको साथबाट कस्टोर बुक लेखिएको १ थान किताब, ग्राहकहरूको नामावली उल्लेख भएको १५३ थान प्रिन्टेट पाना, ग्राहकहरूलाई दिइएको उक्त कम्पनीको नामको १५० थान रसिदको अर्धकट्टी र ४ थान अग्रीम बुकिङ फारम समेत बरामद गरेको छ।

    चिट्ठा सम्बन्धी मुद्दा कसूरमा मोरङ जिल्ला अदालत विराटनगरबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ। 

    प्रकाशित मिति :आषाढ ७ २०८३ आइतवार - १४:०५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij