Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीद्वारा चेकजाँच

रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीद्वारा चेकजाँच


  • 897
    Shares

    रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीद्वारा चेकजाँच
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनस्थलमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। महाधिवेशनलाई मर्यादित र सुरक्षित बनाउन कार्यक्रमस्थलमा नेपाली सेना र नेपाल प्रहरीको बाक्लो उपस्थिति सहित सुरक्षा व्यवस्था चुस्त बनाइएको हो।

    महाधिवेशनको औपचारिक उद्घाटन कार्यक्रम सुरु हुनुअघि नेपाली सेना र नेपाल प्रहरीको विशेष बम डिस्पोजल तथा स्क्वाड टोलीले कार्यक्रमस्थलको कडा प्राविधिक चेकजाँच समेत गरेको छ। सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले विशेष तालिमप्राप्त कुकुर तथा आधुनिक उपकरणहरूको प्रयोग गरी महाधिवेशनस्थल, मञ्च र वरपरको क्षेत्रलाई पूर्ण रूपमा स्क्यान गरेर सुरक्षित बनाएको सुरक्षा स्रोतले जनाएको छ।

    रास्वपाको यस ऐतिहासिक महाधिवेशनमा देशभरबाट प्रतिनिधि, शुभचिन्तक र विशिष्ट अतिथिहरूको ठूलो उपस्थिति रहने भएकाले सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखिएको प्रहरी प्रशासनले उल्लेख गरेको छ। महाधिवेशनस्थल प्रवेश गर्ने मुख्य नाका तथा गेटहरूमा समेत सुरक्षाकर्मीहरूले कडा जाँचबुझ गरिरहेका छन्।  

    प्रकाशित मिति :आषाढ ७ २०८३ आइतवार - १३:३७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij