Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

संसदमा खुल्यो मन्त्री महावीर पुनको 'पीरती' को कथा

संसदमा खुल्यो मन्त्री महावीर पुनको 'पीरती' को कथा


  • 652
    Shares

    • images
    संसदमा खुल्यो मन्त्री महावीर पुनको 'पीरती' को कथा
    images

    काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशसँग पीरती लगाउँदा आफू मन्त्री बन्न पुगेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा आफना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त टिप्पणी गरेका हुन्।

    सुरुमा गाउँसँग पीरति थियो । त्यो जिल्ला हुँदै देशसँग परिणत भएर आफू सांसद, मन्त्री भएको मन्त्री पुनको भनाई थियो । उनले आफू मन्त्री भएपछि जोगी भएको अनुभूति भएको पनि संसदमा सुनाएका छन् ।

    उनले भन्,‘ एउटा गीत छ–मत यस्तो होइन दाई, पीरतीले जोगि बनायो । यो पहिलापहिलातिरको समयमा गाईन्थ्यो यो गीत । अव म पनि त्यस्तो संसद हुने, मन्त्री हुने मान्छे त होइन, तर पीरतीले मलाई सांसद र मन्त्री बनायो । एउटा लामो कहानी छ । पीरती मेरो कसरी कोसँग बसेर म जोगी भए ? भन्ने कुरा आयो क्या । र, मन्त्री भए भन्ने कुरा आयो । मेरो पीरती खासमा देशसँग बसेको हो । तर सुरुमा एकैचोटी देशसँग बसेको होइन । त्यो चाहीँ गाउँसँग बस्यो । म अमेरिकाबाट यसो घुम्न आएको मान्छे त्यहाँ गाउँसँग पीरती बस्यो । गाउँबाट जिल्ला, जिल्लाबाट अरु जिल्ला हुँदै देशसँग पीरति बस्यो । त्यसैले अहिले जोगी भए । पक्का जोगी हो म चाँही । व्यवहारिक रुपमा पनि म जोगी नै हो ।’

    मन्त्री पुनले पीरतिले जोगि बनाएको गीतको स्मरण गराउँदै उनले आफू व्यवहारिक रुपमा सोही गीतले भनेझै जोगी भएको बताएका छन्  ।

    images
    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - १२:५७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij