२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गोविन्दबहादुर बटालाले अदालतमा आत्मसमर्पण गरेका छन् ।
उनी बुधबार सर्वोच्च अदालतमा उपस्थित भएका थिए । व्यवसायी रामहरि श्रेष्ठको अपहरण र हत्या मुद्दामा सर्वोच्च अदालतले उनलाई १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
२०८३ जेठ २८ मा न्यायाधीशहरू डा।नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाले पुनरावलोकन सुनुवाइ गर्दै त्यसअघि भएको फैसला उल्ट्याएर बटालालाई १० वर्ष कैद सजाय तोकेका थिए ।
कालिकोटको माल्कोट घर भएर काठमाडौँ बस्दै आएका बटालालाई सर्वोच्च अदालत प्रशासनको मुद्दा तथा रिट महाशाखाले कारागार कार्यालय डिल्लीबजार चलान गरेको छ । फैसला भएको मितिले ६० दिनभित्र हाजिर भएर कैदमा बसेमा जरिवानाको २० प्रतिशत मिनाहा कुने कानुनी व्यवस्था छ ।
२०६८ असार ६ मा काठमाडौँबाट अपहरण गरेर व्यापारी रामहरि श्रेष्ठलाई चितवनमा लगेर हत्या गरेको कसुरमा उनी दोषी ठहर भएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij