२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी बुधबारबाट अनिवार्य अवकाशमा जान लागेका छन्। उनी ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् ।
संवैधानिक पदाधिकारीहरू ६५ वर्ष पुगेपछि अनिवार्य अवकाश हुने कानुनी प्रावधानका कारण उनी अनिवार्य अवकाशमा जान लागेका हुन् । लोक सेवा आयोगका प्रवक्ता सहसचिव पुरुषोत्तम शर्माले अध्यक्ष रेग्मी आजबाट अनिवार्य अवकाशमा जान लागेका जानकारी दिएका छन् ।
अध्यक्ष रेग्मीले आजै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij