Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आजदेखि ५०० को नयाँ नोट आउँदै, यसरी छुट्याउन सकिन्छ सक्कली र नक्कली

आजदेखि ५०० को नयाँ नोट आउँदै, यसरी छुट्याउन सकिन्छ सक्कली र नक्कली


  • 1.8K
    Shares

    आजदेखि ५०० को नयाँ नोट आउँदै, यसरी छुट्याउन सकिन्छ सक्कली र नक्कली
    images

    नेपाल राष्ट्र बैंकले आज बुधबारदेखि ५०० रुपैयाँका नयाँ नोट चलचल्तीमा ल्याएको छ। केन्द्रीय बैंकले ती नयाँ नोटको संकेत तथा नम्बरहरु सार्वजनिक गरेको छ। 

    के विशेषता छ ५०० को नयाँ नोटमा ?

    राष्ट्रबैंकका अनुसार आजदेखि चलचल्तीमा आउने ५०० रुपैयाँका नोटको अगाडिपट्टि पाँच विशेषता रहनेछन्। 

    १. नोटको मध्य खण्डमा प्रतिज्ञामूलक वाक्यांश राखिएको छ, ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ।’

    २. नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको तल्लो खण्डमा सिरिज नम्बर ‘विक्रम सम्वत २०८२’ लेखिएको छ। पानीछापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिबिहीन) हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरु छन्।

    ३.  सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र रहेको छ। 

    ४. नोटमा गर्भनर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।

    ५. नोटमा ३.५ मीमी चौडा भएको सिधा हेर्दा रोतो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षण धागो रहेको छ। 

    ६. नोटको मध्यखण्डमा पाटे बाघको चित्र र सोको माथि अंग्रेजी भाषामा सबै क्यापिटल लेटरमा नेपाल राष्ट्र बैंक लेखिएको छ। 

    ७. नोटको तल्लो खण्डमा अंग्रेजी भाषामा क्यापिटल लेटरमा रुपिज फाइभ हन्ड्रेड र सिरिज नम्बर २०२५ ए.डी. लेखिएको छ।

    राष्ट्र बैंकका अनुसार यी नयाँ नोट आज बुधबारदेखि नै बजारमा जानेछन्। बैंक तथा वित्तिय संस्थाले नयाँ नोट लैजाँदैछन्।

    प्रकाशित मिति :आषाढ ३ २०८३ बुधवार - १०:०४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij