२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रतिनिधि सभा बैठकमा दुई मन्त्रीले सभामुखको अपमान गरेको भन्दै प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको छ । प्रतिनिधि सभाको मंगलबार बसेको दोस्रो बैठकको कारबाही सुरु गर्न सभामुख बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्रीले अपमान गर्ने काम गरेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका ऐन महरले प्रश्न उठाएका हुन् ।
दुई मन्त्रीहरूले सम्मान नगरेको भन्दै उनले नियमापत्ति गरेका छन् । बैठकमा सहभागी भएका अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आफ्नो आसनमै बसिरहेर सभामुखलाई सम्मान प्रकट नगरेका हुन् ।
मन्त्रीहरूबाटै सभामुखको अपमान भएपछि प्रतिपक्षी दलका सांसदहरूले उठेर नियमापत्ति जनाएका छन्। सरकारकै मन्त्रीहरूले संसद्को नेता (सभामुख) लाई नटेर्नु र संसद्भित्रै अराजक व्यवहार प्रदर्शन गर्नु आपत्तिजनक रहेको भन्दै प्रतिपक्षले मन्त्रीहरूको जवाफ र माफीको माग गरेको छ। संसद्मा केही बेर यस विषयलाई लिएर भनाभन र हंगामा समेत भएको थियो।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij