Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बजेटको त्रुटि औंल्याउँदै अध्यक्ष राईले भने: 'कार्यान्वयन नहुने अवस्थाको अन्त्य होस्'

बजेटको त्रुटि औंल्याउँदै अध्यक्ष राईले भने: 'कार्यान्वयन नहुने अवस्थाको अन्त्य होस्'


  • 974
    Shares

    बजेटको त्रुटि औंल्याउँदै अध्यक्ष राईले भने: 'कार्यान्वयन नहुने अवस्थाको अन्त्य होस्'
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट कार्यान्वयनका लागि कानून नै बाधक रहेको टिप्पणी गरेका छन् । मंगलवार प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गतको विभिन्न मन्त्रालयको शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै उनले बजेट कार्यान्वयन हुने गरी कानूनी व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

    अध्यक्ष राईले सरकारले विनियोजन गरेको बजेटमा हिसावनै नमिलेको त्रुटी पनि आफूले पाएको बताएका छन् । उनले बजेट विगतमा जस्तो कार्यान्वयन नहुने अवस्थाको सरकारले अन्त्य गर्नुपर्ने पनि बताएका छन् ।

    अध्यक्ष राईले भन्,‘ हामीले बजेट बनाउँछौ । तर त्यसको कार्यान्वयनका लागि यति धैर समय लाग्छ ठेक्कापटा, वनको कानून, यताउताले गर्दा खेरी । मैले कानूनमन्त्रीलाई पनि भेटेर सल्लाह दिएको थिए–यो सरकारले बजेट कार्यान्वयनका लागि सहज बनाउनु पर्दछ । त्यसका लागि आवश्यक कानूनी चिरफार गर्नुपर्दछ । अन्यथा हामीले बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ । अनि असारमा बाटो बनाई हिँड्नुपर्दछ ।’

    अध्यक्ष राईले बजेट बनाउने तर खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्नेमा पनि जोड दिएका छन् ।  

    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - १५:५१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij