Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ललितपुरको डीएभी स्कुलको चौथो तलाबाट खसेका विद्यार्थीको मृत्यु

ललितपुरको डीएभी स्कुलको चौथो तलाबाट खसेका विद्यार्थीको मृत्यु


  • 1.4K
    Shares

    ललितपुरको डीएभी स्कुलको चौथो तलाबाट खसेका विद्यार्थीको मृत्यु
    images

    काठमाडौं । ललितपुरको डीएभी स्कुलको चौथो तलाबाट खसेका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा चाबहिल बस्ने १८ वर्षीय आर्यन सिंह रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताएका छन् ।

    घटना सोमबार दिउँसो साढे १२ बजेको हो । सिंह चौथो तलाबाट खसेका थिए । उपचारका लागि सुमेरु सिटी अस्पताल लगिएको साँझे साढे ६ बजेतिर चिकित्सकले मृत घोषण गरेको बताइएको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । स्कुलको सीसीटीभी फुटेजमा समेत उनले हामफालेको देखिएको प्रहरी स्रोतले बताएको छ ।

    साथै उनको साथबाट सुसाइड नोट फेला परेको छ । उक्त सुसाइड नोटको फरेन्सीक जाँच भने हुन बाँकी नै छ । ‘सुसाइड नोट फेला परेको छ । उक्त अक्षर उनैका हुन÷होइनन् जाँच गर्न बाँकी छ’ एक प्रहरी अधिकारीले भने ।

    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - १५:०८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij