२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । ठगी मुद्दामा पक्राउ गरिएका सेफ सन्तोष साह रिहा भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले मंगलबार बिहान पीडित पक्षलाई चेकबमोजिमको रकम दिएपछि साहलाई सोमबार बेलुका रिहा गरिएको हो।
काठमाडौँको गैरीधारामा रेस्टुरेन्ट किन्दा उनले शकुन्तला अधिकारी थापालाई रकम नभएको बैंक खाताको चेक दिएको आरोप थियो। सोही आरोपमा थापाले २५ लाख रुपैयाँको चेक अनादर मुद्दा दायर गरेकी थिइन्।
जुन मुद्दामा अदालतले साहलाई दोषी ठहर गर्दै २५ लाख रुपैयाँ बिगो भराउने फैसला गत वर्ष जेठमै गरेको थियो। उनलाई जिल्ला अदालत काठमाडौँले एक महिना कैद र एक लाख २५ हजार रुपैयाँ जरिवाना पनि सुनाएको थियो।
तर अदालतले दोषी ठहर गरेर कैद र जरिवाना तोक्दा पनि साह भने उपस्थित थिएनन्। उनी त्यसलाई बेवास्ता गर्दै बसेको पीडितको गुनासो छ।
पीडितले अहिले पुनस् ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।
त्यस आधारमा साहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गत शुक्रबार राति जनकपुरबाट पक्राउ गरी काठमाडौँ ल्याएर हिरासतमा राखेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij