Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु

छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु


  • 1.5K
    Shares

    छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
    images

    काठमाडौं । बाराको कोल्हवी नगरपालिकामा आफ्नै घरको छतमा गएराति पिसाब फेर्ने क्रममा छतमा लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोल्हवी नगरपालिका–३ जुगुवा टोल निवासी करिब ५० वर्षीय सोभालाल चौधरी रहेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार राति करिब डेढ बजे चौधरी आफ्नै एकतले पक्की घरको छतमा पिसाब फेर्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए।

    छतबाट खसेपछि उनको टाउको र मुखमा गम्भीर चोट लागेको थियो। घाइते चौधरीलाई तत्काल उपचारका लागि तामागढी अस्पताल, कोल्हवी लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा रेफर गरिएको थियो।

    उपचारकै क्रममा आज बिहान पौने ५ बजे चौधरीको मृत्यु भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। घटनाबारे अस्पतालबाट जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोल्हवीबाट असई कलम नारायण यादवको नेतृत्वमा टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव हाल एलएस न्युरो अस्पतालमै राखिएको छ।

    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - १०:१४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij