Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

काठमाडौँबाहेकका सबै जिल्ला अदालतबाट रविका मुद्दा फिर्ता

काठमाडौँबाहेकका सबै जिल्ला अदालतबाट रविका मुद्दा फिर्ता


  • 2.4K
    Shares

    काठमाडौँबाहेकका सबै जिल्ला अदालतबाट रविका मुद्दा फिर्ता
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग काठमाडौँबाहेकका सबै जिल्लामा फिर्ता लिइएको छ। 

    सोमबार रुपन्देही जिल्ला अदालतले समेत अभियोग फिर्ता लिन आदेश दिएको हो।  न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत् राखेर अन्य मुद्दा फिर्ता लिन आदेश गरेको हो। 

    यो आदेशसँगै रविसँगै अन्य प्रतिवादीहरू जीबी राई, कुमार रम्तेललगायतविरुद्ध लगाइएका सहकारी ठगीबाहेकका अभियोग फिर्ता भएका छन्। 

    यसअघि पर्सा र कास्की अदालतले समेत संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको थियो। कास्की अदालतमा दायर सम्पत्ति शुद्धीकरणको मुद्दा पनि फिर्ता लिइएको थियो।

    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - १९:४३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij