Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

अर्थमन्त्रीको राजीनामा माग्दै प्रेमप्रसाद दंगाल

अर्थमन्त्रीको राजीनामा माग्दै प्रेमप्रसाद दंगाल


  • 1.2K
    Shares

    • images
    अर्थमन्त्रीको राजीनामा माग्दै प्रेमप्रसाद दंगाल
    images

    काठमाडौं । राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले अर्थमन्त्री डा. प्रेमप्रसाद दंगालले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । 

    संसदमा आर्थिक विधेयक र आय, व्ययको अनुमान समेत प्रश्तुत भइसकेपछि करको दर हेरफेर गर्ने अपराध गरेकाले अर्थमन्त्री वाग्लेले पदबाट राजीनामा दिनुपर्ने उनको तर्क थियो । सोमवार प्रतिनिधि सभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै नेता दंगालले संसदीय छानविन समिति गठनगरी अर्थमन्त्रीमाथि छानविन गरी कारबाही गर्नुपर्ने पनि बताएका छन् । 

    उनले सरकारले ल्याएको बजेटले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य नलिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    उनले भने,‘ संसदमा राजश्व र व्ययको अनुमान र आर्थिक विधेयक प्रश्तुत भईसकेपछि करका दरहरु हेरफेर गरियो । यो घटनाको सत्यतथ्य तत्काल छानविन गर्न जरुरी छ । र, दोषउपर कडा कारबाही गर्न जरुरी छ । यत्रो घटना नेतृत्वको संलग्नता बेगर सम्भव नै छैन । त्यसो हुनाले अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्दछ । संसदीय छानविन समिति गठन गर्नुपर्दछ ।’

    नेता दंगालले सरकारले बजेटमा राखेका राम्रा प्रावधानहरु पनि कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका छन् । 

    images
    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - १६:१३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij