२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । कारको टायरमा गोली हानेर ललितपुरमा प्रहरीले लागुऔषध बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले ठूलो मात्रामा लागुऔषध बरामद गर्नुका साथै तीन जना पक्राउ पनि गरेको छ ।
पक्राउ पर्नेहरूमा ३५ वर्षीय जितेन्द्र पासवान, भारतीय नागरिक ३२ वर्षीय अहमद लड्न र अर्का भारतीय ३३ वर्षीय महमद सद्दाम रहेका छन् ।
सिम्रौनगढबाट काठमाडौं आउँदै गरेको रातो कारभित्र ठूलो परिमाणमा लागुऔषध ट्रामोडल ल्याएको सूचना पाएपछि ब्यूरोको टोलीले पिछा गरेको थियो ।
उक्त कारका साथै मोटरसाइकल समेत भेटिएको र रोक्न खोज्दा भागेपछि टायरमा गोली हानेर नियन्त्रणमा लिइएको ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताएका छन् । उनीहरूबाट २० हजार क्याम्सुल ट्रामाडोल बरामद गरिएको प्रहरीले बताएको छ । यसका साथै ५ थान मोबाइल पनि बरामद भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij