Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाेल्न नदिएकाे भन्दै श्रम संस्कृति पार्टीका सांसदहरुको संसदमा नाराबाजी

बाेल्न नदिएकाे भन्दै श्रम संस्कृति पार्टीका सांसदहरुको संसदमा नाराबाजी


  • 981
    Shares

    बाेल्न नदिएकाे भन्दै श्रम संस्कृति पार्टीका सांसदहरुको संसदमा नाराबाजी
    images

    काठमाडौं । सभामुखले संसद् बैठकमा बोल्न समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरू आक्रोश व्यक्त गरेका छन् । श्रम संस्कृतिका सांसद हर्क साम्पाङ उठेर आफूहरूलाई भेदभाव गरेर बोल्न नदिएको भन्दै विरोध गरेका छन् ।

    एकछिन सभामुख र साम्पाङविच सवाल जवाफ चलेको थियो । त्यसक्रममा सभामुखले विपक्षी दलका सांसदहरूलाई बोल्न दिने भन्दै धैर्य गर्न सुझाव दिएका छन् । यही बिचमा सभामुखले रास्वपा सांसद रिमा विश्वकर्मालाई नियमापत्तिका लागि सभामुखले समय दिएका थिए । तर साम्पाङ रोकिएनन् । अनि सभामुखले अपमानजनक र अमर्यादित शब्दहरू प्रयोग नगर्न चेतावनी दिएका छन् । 

    तर पनि साङपाङ नरोकिएपछि श्रम संस्कृतिका सांसदहरूले मन्त्रीले बोल्दा समेत विरोध गरेको भन्दै आज समय दिन नसक्ने भएको बताए । त्यसपछि उनले राष्ट्रपतिको मन्त्रिपरिषद् पुनर्गठन र हेरफेरबारेको पत्र पढेर सुनाएका थिए । यसो भनेर सभामुखले नियमित कारवाही अघि बढाएलगत्तै श्रम संस्कृतिका सांसदहरुले रोष्ट्रम अगाडि आएर नारावाजी गरेका हुन् । उनीहरुले सभामुखले भेदभाव गरेको भन्दै मुर्दावादको नारा लगाएका छन् ।

     

    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - १७:३४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij