Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

खुश्बु ओलीलाई बलात्कार र ज्यान मार्ने धम्की

खुश्बु ओलीलाई बलात्कार र ज्यान मार्ने धम्की


  • 1.0K
    Shares

    खुश्बु ओलीलाई बलात्कार र ज्यान मार्ने धम्की
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले नेपाललाई सनातन राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएकै कारण आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको खुलाएकी छन् ।
     
    प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले नेपाललाई सनातनी हिन्दु राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएकै कारण इसाई धर्मावलम्वीहरुले सामाजिक सञ्जालमार्फत ज्यान मार्ने तथा बलात्कार गर्ने धम्की दिएको बताइन्  । 

    उनले भनिन्,‘ ९० प्रतिशत सनातनीहरु बसोबास गर्ने देशमा नेपालको संविधानले पनि सुनिश्चित गरेको नेपाल सनातन राज्य हुनुपर्ने भन्ने कुरा मैले यो सदनमा उठाउँदाखेरी सुनियोजित रुपमा मलाई ज्यान मार्ने, बलात्कार गर्ने धम्की सामाजिक सञ्जालबाट आइरहेको छ । के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो रु यो धम्की म सहन सक्छु सभामुख महोदय । तर यो धम्की मलाई मात्र नभई सिंगो सनातनीहरुमाथिको प्रहार हो ।’

    सांसद ओलीले आफूले व्यक्तिगत रूपमा धम्की सहन सक्ने भएपनि यसलाई केवल आफ्नो विरुद्धको आक्रमणका रूपमा नभई सम्पूर्ण सनातनी समुदायमाथिको प्रहारका रूपमा लिनुपर्ने बताइन् ।

    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - १६:४७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij