Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सर्लाहीमा प्रहरीमाथि आक्रमण: पूर्वप्रदेश सांसद अशोक यादवलाई खोज्दै प्रहरी, भतिज र भान्जा पक्राउ

सर्लाहीमा प्रहरीमाथि आक्रमण: पूर्वप्रदेश सांसद अशोक यादवलाई खोज्दै प्रहरी, भतिज र भान्जा पक्राउ


  • 988
    Shares

    सर्लाहीमा प्रहरीमाथि आक्रमण: पूर्वप्रदेश सांसद अशोक यादवलाई खोज्दै प्रहरी, भतिज र भान्जा पक्राउ
    images

    काठमाडौं । सर्लाहीको कविलासीस्थित सलेमपुरमा सवारी दुर्घटनाको विषयलाई लिएर भएको विवादमा प्रहरीमाथि नै आक्रमण भएपछि मधेस प्रदेशका पूर्वसांसद अशोककुमार यादव कानुनी दायरामा तानिएका छन्। 

    सर्लाही प्रहरीले पूर्वप्रदेश सांसद यादवलाई पक्राउ गर्न खोजी गरिरहेको छ, तर हाल उनी फेला परेका छैनन्। यादवविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र पौडेलले जानकारी दिएका छन्। 

    यही जेठ २५ गते राति करिब ९ बजे कविलासी नगरपालिका-८ स्थित अगर्वामा रोकेर राखिएको ना.६ख. ७६२३ नम्बरको ट्रकलाई पूर्वसांसद यादवको स्वामित्वमा रहेको ज.१त. २५५० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। 

    ठक्कर दिएर भाग्दै गरेको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले दुवै पक्षका चालकलाई आपसी छलफल र मेलमिलाप गर्न, र कुरा नमिलेमा प्रहरी कार्यालयमा जान आग्रह गरेको थियो। त्यसलगत्तै ट्याक्टर चालकले पूर्वसांसद यादवलाई फोन गरेर घटनास्थलमा बोलाएका थिए।

    एसपी पौडेलका अनुसार यादव घटनास्थलमा पुगेपछि उनीसँगै आएको समूहले प्रहरीलाई घेरा हाली आक्रमण गरेको थियो। यादव नेतृत्वको समूहले डिउटीमा खटिएका प्रहरीलाई तथानाम गालीगलौज गर्दै कुटपिट गरेर नियन्त्रणमा लिइएको ट्याक्टर जबरजस्ती भगाएका थिए।

    दुई जना पक्राउप्रहरीमाथि कुटपिट र अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले घटनास्थलबाटै दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पूर्वसांसद यादवका १९ वर्षीय भतिज विक्रमकुमार यादव (कविलासी नगरपालिका–१० सलेमपुर) र २१ वर्षीय भाञ्जा भारतीय नागरिक प्रियाङ्शु यादव रहेका छन्।

     

    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - १३:५७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij