Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मन्त्री निवास नभएपछि महावीर पुन सिंहदरबारभित्रै डेरा सरे, मन्त्रालय नै अस्थायी आवास

मन्त्री निवास नभएपछि महावीर पुन सिंहदरबारभित्रै डेरा सरे, मन्त्रालय नै अस्थायी आवास


  • 1.1K
    Shares

    मन्त्री निवास नभएपछि महावीर पुन सिंहदरबारभित्रै डेरा सरे, मन्त्रालय नै अस्थायी आवास
    images

    काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सिंहदरबारभित्र रहेको मन्त्रालयलाई नै आफ्नो अस्थायी आवास बनाएका छन्। 

    भैसेपाटीस्थित मन्त्री क्वाटरहरू जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएपछि सरकारले मन्त्रीहरूका लागि आवास व्यवस्था गर्न नसकेका कारण मन्त्री पुन आफ्ना बन्दोबस्तीका सामानसहित आज मन्त्रालयमै डेरा सरेका हुन्।

    आवास अभावका कारण हाल काठमाडौँमा घर भएका मन्त्रीहरू आफ्नै घरबाट मन्त्रालय धाइरहेका छन् भने घर नभएकाहरूले निजी रूपमा डेराको प्रबन्ध गरेका छन्। तर, नवगठित मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री पुनले भने हिजो पदबहालीका क्रममा पत्रकारहरूसँग कुरा गर्दै सरकारले क्वार्टर नदिए मन्त्रालयमै सुत्ने घोषणा गरेका थिए।

    आफ्नो सोही घोषणा अनुरूप उनी आज बिहानै ४-५ वटा ब्याग र एउटा कार्टुनसहित मन्त्रालय आइपुगेका हुन्। यसअघि कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमै बस्दै आएका पुनले आफ्नो सम्पूर्ण सम्पत्ति नै त्यही केही ब्यागहरू मात्रै भएको बताएका छन्।

    मन्त्रालयमा डेरा सर्ने क्रममा पत्रकारहरूसँग ठट्टा गर्दै मन्त्री पुनले भने, “ल दाजुभाइ दिदीबहिनीहरू, जिन्दगीमा के हुन्छ कसो हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन। अब राष्ट्रिय आविष्कार केन्द्रबाट यतै सर्ने भइयो। मेरो सम्पत्ति यही हो, थेगिनसक्नुको सम्पत्ति छ। भगवानले जता लैजान्छन् त्यतै जानुपर्ने रहेछ, लौ आज डेरा सर्ने भइयो।”

    मन्त्रालयमै बसेर चौबिसै घण्टा देशको विज्ञान र प्रविधिको विकासमा खटिने उनको यो कदमले अहिले राजनीतिक वृत्त र सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेको छ।

    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - ११:३४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij