Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी

राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी


  • 890
    Shares

    राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
    images

    काठमाडौं । राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्धको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तय भएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको अभियोगमा २०८२ चैत १ गते भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गरेको थियो । अधिकारीले उक्त रकम जग्गा खरिद र ऋण तिर्न प्रयोग भएको आयोगको दाबी छ । 

    एचके इन्टरप्राइजेज भन्ने कम्पनीविरुद्ध राजस्व चुहावट गरेको आरोपमा राजस्व विभागमा उजुरी परेपछि उक्त मुद्दाबाट जोगिन कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले ७० लाख रुपैयाँ दिएको भेटिएको अख्तियारको दाबी छ ।

    उक्त रकम विकास चापागाईं, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतको सल्लाहमा उनीहरूको खातामा राखिएको अख्तियारको दाबी छ । त्यसपछि उनीहरूले भक्तपुरको दिव्यश्वरी आयोजना भित्रको ५ आना जग्गा खरिद गरेको भेटिएको छ । 

     

    प्रकाशित मिति :जेठ २६ २०८३ मंगलवार - १०:४८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij