Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

मन्त्री फेरबदल अघि सुदूरपश्चिम मन्त्रिपरिषद्को विशेष बैठक बस्दै

मन्त्री फेरबदल अघि सुदूरपश्चिम मन्त्रिपरिषद्को विशेष बैठक बस्दै


  • 841
    Shares

    मन्त्री फेरबदल अघि सुदूरपश्चिम मन्त्रिपरिषद्को विशेष बैठक बस्दै
    images

    काठमाडौं । सुदूरपश्चिम सरकारका मन्त्रीहरू फेरबदल अघि मन्त्रिपरिषद् बैठक राखिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसेको हो ।

    मन्त्रिपरिषद् बैठकमा सहभागी हुन मन्त्रीहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । मुख्यमन्त्री शाहले मन्त्रीहरूलाई धन्यवादसहित औपचारिक रूपमा बिदाइ गर्ने बताइएको छ । 

    मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्‌मा हेरफेर गर्ने योजना बनाएका छन् । सोही अनुसार सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी गरेका छन् ।

    सम्भवतः आजै मुख्यमन्त्री शाहले नयाँ मन्त्रीहरू नियुक्त गर्ने बताइएको छ ।  

    प्रकाशित मिति :जेठ २५ २०८३ सोमवार - १४:३७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij