२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा दुई एजेन्डामा छलफल भइरहेको छ ।
सिंहदरबारस्थित सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा रास्वपा सभापति लामिछानेले आफ्नो भारत भ्रमण र सरकारको काम कारबाहीबारे सुझाव लिन बैठक आह्वान गरेको बताएका थिए ।
बैठकबाट बाहिरिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लामिछानेले भारत भ्रमणबारे जानकारी गराउने र सरकारको अहिलेसम्मका कामकारबाहीबारे टिप्पणी र सुझाव लिनका लागि बोलाइएको बताएको जानकारी दिएका छन् ।
लिङदेनले आफूले वैदेशिक सम्बन्धका सन्दर्भमा अपरिपक्व व्यवहार नदेखाउन बैठकमा आग्रह गरेको बताएका छन् । लिङ्देनले परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणको क्रममा ‘पुरानो भारी नबोक्ने’ भन्ने अभिव्यक्तिमा पनि आफूले प्रश्न उठाएको बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij