Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रविले बोलाएको बैठकमा प्रमुख चार दलका शीर्ष नेता अनुपस्थित

रविले बोलाएको बैठकमा प्रमुख चार दलका शीर्ष नेता अनुपस्थित


  • 897
    Shares

    रविले बोलाएको बैठकमा प्रमुख चार दलका शीर्ष नेता अनुपस्थित
    images

    काठमाडौं । संघीय संसद्मा देखिएको गतिरोध अन्त्यका लागि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको बैठकमा चार दलका सभापतिरअध्यक्ष सहभागी भएका छन् । सोमबारको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलमध्ये ४ दलका नेतृत्वकर्ता बैठकमा सहभागी नभएका हुन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी छन् । बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुनसहित सहभागी छन् ।
     
    बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई सहभागी नभएका हुन् ।  

     

    प्रकाशित मिति :जेठ २५ २०८३ सोमवार - १०:०९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij