२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सङ्घीय संसद् र प्रदेश सभाका सांसदहरूले आफ्नो कार्यगत दक्षता बढाउन र कानुन निर्माणको कार्यलाई गुणस्तरीय बनाउन भन्दै औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी (स्वकीय सचिव) को माग गरेका छन् ।
सुदूरपश्चिमको टीकापुरमा जेठ २२ देखि २४ गतेसम्म आयोजित ‘अन्तर-व्यवस्थापिका मञ्च’ को ११औँ सम्मेलनबाट औपचारिक रूपमै यस्तो माग अघि सारेको हो ।
सम्मेलनपछि जारी गरिएको ९ बुँदे ‘टीकापुर सन्देश-पत्र’ मा सांसदहरूलाई संसदीय क्रियाकलापमा सघाउनका लागि अत्यावश्यक सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ ।
९ बुँदे निर्णयको ५ नम्बर बुँदामा यससम्बन्धी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको हो ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij