Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

म फेरि गृहमन्त्री बनेँ भने सुरुका दुई महिना बधाई दिन कोही नआउनु: सुधन गुरुङ

म फेरि गृहमन्त्री बनेँ भने सुरुका दुई महिना बधाई दिन कोही नआउनु: सुधन गुरुङ


  • 939
    Shares

    म फेरि गृहमन्त्री बनेँ भने सुरुका दुई महिना बधाई दिन कोही नआउनु: सुधन गुरुङ
    images

    काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले आफूले सफाइ पाएर पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हालेमा सुरुका दुई महिना बधाई दिन कोही पनि नआउन आग्रह गरेका छन्। रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    आफ्नो सम्पत्तिको विषयमा प्रश्न उठेपछि छानबिन प्रक्रियालाई निष्पक्ष रूपमा अगाडि बढाउन र सहजीकरण गर्न मन्त्री पदबाट राजीनामा दिएको स्पष्ट पार्दै उनले कामलाई पहिलो प्राथमिकता दिने बताए। यदि छानबिन समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरूका दुई महिना कोही पनि नआइदिनुहोला, गुरुङले भने।

    सम्बोधनका क्रममा उनले छानबिन समितिसमक्ष दिएको बयानबारे पनि खुलासा गरेका छन्। सार्वजनिक पदमा बसेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भन्ने मान्यताका साथ आफू समितिमा उपस्थित भएको र कडा प्रश्नहरूको सहज तथा स्पष्ट जवाफ दिएको उनको भनाइ थियो। 

    बयानका क्रममा समितिका पदाधिकारीले सम्पत्तिको स्रोतबारे सोधेको प्रसङ्ग कोट्याउँदै उनले भने, समितिले मलाई यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो भनेर प्रश्न गर्‍यो। मैले पनि सहज रूपमा छानबिन समितिलाई नै तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त ु भनेर प्रतिप्रश्न गरिदिएँ।

     

    प्रकाशित मिति :जेठ २४ २०८३ आइतवार - १४:२१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij