Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

दुर्गा प्रसाईं  र धवलशमशेर राणाबिच नयाँ पार्टी बनाउने सहमति

दुर्गा प्रसाईं  र धवलशमशेर राणाबिच नयाँ पार्टी बनाउने सहमति


  • 988
    Shares

    • images
    दुर्गा प्रसाईं  र धवलशमशेर राणाबिच नयाँ पार्टी बनाउने सहमति
    images

    काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं  र राप्रपाबाट राजीनामा दिएका धवलशमशेर राणाबिच नयाँ पार्टी बनाउन सहमति भएको छ।

    शुक्रबार प्रसाईं र राणाबिच ११ बुँदे लिखित समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    यस्ता छन् सहमतिका आधारहरू

    १‍.नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्ध सहितको सनातन हिन्दु अधिराज्य

    २.राष्ट्रिय एकताका प्रतीक श्री ५ पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शन ।

    ३.राष्ट्रिय स्वाभिमान सहितको सुधारमुखी सङ्घीयता ।

    ४. एक पटकको नेपाली सधैँको नेपाली र दोहोरो नागरिकता राख्न पाउनुपर्ने व्यवस्था ।

    ५. लघुवित्त, सहकारी, बैक र मिटरव्याजीबाट कालो सूचीमा पारिएका भूमिविहीन सुकुमबासी नेपाली नागरिकको दिगो समस्या समाधान ।

    ६. असंलग्न परराष्ट्र नीति ।

    ७. सुशासन र भ्रष्टाचारमुक्त समाज ।

    ८. स्वदेशी उत्पादनमा आधारित मिश्रित अर्थतन्त्र ।

    ९. विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, सङ्गठन र व्यक्तिहरूलाई साथ लिएर नयाँ राजनीतिक पार्टी घोषणा । 

    १०. नयाँ निर्माण हुने राजनीतिक दलमा ६० प्रतिशत युवा तथा महिला सहभागिता ।

    ११.नेपाली नागरिकको गर्भबाट जन्मिएको नागरिक केन्द्रित राष्ट्रवादी दर्शन ।

    यो सहमतिसँगै मलमास सकिएपछि नयाँ पार्टी घोषणा हुने स्रोतले बताएको छ । 

    images
    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १७:४५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij