Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

काठमाडौं महानगरद्वारा २ हजार ४२१ जना सडक मानव उद्धार

काठमाडौं महानगरद्वारा २ हजार ४२१ जना सडक मानव उद्धार


  • 1.5K
    Shares

    • images
    काठमाडौं महानगरद्वारा २ हजार ४२१ जना सडक मानव उद्धार
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २ हजार ४२१ जना सडक मानवलाई उद्धार गरेको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक मानवमुक्त काठमाडौं शहर बनाउने अभियान अन्तर्गत उनीहरुको उद्धार गरिएको जानकारी गराइएको हो ।

    मानव सेवा आश्रमसँगको सहकार्यमा उनीहरुको उद्धार गरी आश्रय दिने काम गरिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए । प्रवक्ता मानन्धरकाअनुसार ती मध्ये १ हजार ५ सय ७१ जुना पुरुष र ८५० जना महिला रहेका छन् । 

    त्यसैगरी उद्धार पछि ३८९ जना महिला र ४९४ जना पुरुष गरी ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । हाल आश्रय लिएर भने ३४४ जना रहेको पनि प्रवक्ता मानन्धरले जानकारी दिए । १८७ जना महिला र ३४७ जना पुरुष गरी ५३४ जनालाई सामाजिक पुनःस्थापना गरिएको छ ।

    प्रवक्ता मानन्धरले उद्धार गरिएकाहरुमध्ये केही भने आय आर्जनका लागि माग्ने कामलाई पेशा बनाएर पनि सडकमा आउने गरेको पाइएको बताए। काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँगको सहकार्यमा २०७६ साल मंसीर २९ गते सडक मानवमुक्त काठमाडौं सहर बनाउने अभियान अघि बढाएको थियो । सोही अभियानलाई निरन्तर रुपमा अघि बढाइएको पनि प्रवक्ता मानन्धरले बताए । 

    images
    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १७:०३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij