Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रवि लामिछाने नेपाल आउँदै, परराष्ट्रमन्त्री भारत जाँदै

रवि लामिछाने नेपाल आउँदै, परराष्ट्रमन्त्री भारत जाँदै


  • 862
    Shares

    रवि लामिछाने नेपाल आउँदै, परराष्ट्रमन्त्री भारत जाँदै
    images

    काठमाडौं । भारतमा रहेका रास्वपा सभापति रवि लामिछाने ५ दिने भ्रमण सकेर आज स्वदेश फर्किँदै छन् ।

    परराष्ट्रमन्त्री शिशिर खनाल आजदेखि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमण आइतबारसम्म चल्ने भएको छ ।

    परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा। जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन् । भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा जनस्तरका सम्बन्धलगायत द्विपक्षीय हितका विविध विषयमा छलफल हुने जनाइएको छ ।

    मन्त्रालयका अनुसार उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल–भारतबीचको दीर्घकालीन तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

     

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १०:३८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij