२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलपहल बढेको छ।
नेपाली आँपको आपूर्ति बढ्दै जाँदा भारतीय आँप बजारबाट विस्थापित हुन थालेको व्यापारीहरूले बताएका छन्। व्यापारीहरूका अनुसार यस वर्ष नेपाली आँप समयमै बजारमा आउन थालेकाले उपभोक्ताले ताजा तथा स्थानीय उत्पादन रोज्न थालेका छन्।
हाल बजारमा नेपाली आँपको मूल्य आकार, गुणस्तर र जातअनुसार फरक-फरक रहेको छ। कुलेश्वर फलफूल बजारका अनुसार बम्बई आँप २२ केजीको क्रेटको मूल्य १ हजार ५ सयदेखि १ हजार ७ सय रुपैयाँसम्म रहेको छ। माल्दा आँप २२ केजीको १ हजार ४ सयदेखि १ हजार ६ सय रुपैयाँमा बिक्री भइरहेको छ भने दसहरी आँप २१ केजीको १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij