Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अर्थमन्त्रीले संसदमा पेश भइसकेको आर्थिक विधेयक केही विषय हटाएर गम्भीर भुल गरेः रमेश मल्ल

अर्थमन्त्रीले संसदमा पेश भइसकेको आर्थिक विधेयक केही विषय हटाएर गम्भीर भुल गरेः रमेश मल्ल


  • 1.5K
    Shares

    अर्थमन्त्रीले संसदमा पेश भइसकेको आर्थिक विधेयक केही विषय हटाएर गम्भीर भुल गरेः रमेश मल्ल
    images

    काठमाडौं । विपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज आफैले हटाएर अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले गम्भिर भुल गरेको आरोप लगाएको छ । 

    बुधवार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त पार्टीका सांसद रमेशकुमार मल्लले संसदको पुँजीको रुपमा दर्ज भइसकेको आर्थिक विधेयकमा आफूखुशी गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले वर्तमान सरकारले एक पछि अर्को विधि मिचिरहेको जिकिर गरेका छन्। संसदमा पेश भइसकेको उक्त विधेयक सरकारलाई फिर्ता पठाउने वा नपठाने भन्ने कुराको निर्णय संसदमा मात्रै गर्नसक्ने सांसद मल्लको भनाई थियो ।

    उनले भने, ‘दुःखद् कुरा के भयो भने माननीय अर्थमन्त्रीज्यूले जुन बजेश पेश गर्नुभयो । र बजेटको एउटा अंगको रुपमा नेपालको सरकारको जुन अर्थ सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक छ । त्यो विधेयक भनेको मुख्यगरी करको दरहरु हेरफेर गर्ने नै हो त्यो । त्यो विधेयक अर्थमन्त्रीे संसदमा पेश गरिसकेपछि फेरि अर्थ मन्त्रालयले त्यसलाई संशोधन गरेर अपलोड ग¥यो । जबकी संसदको पूँजी भइसकेपछि, कुनैपनि विधेयक संसदमा दर्ता भईसकेपछि संसदमा पेश भईसकेपछि संसदको पूँजी भईसकेपछि त्यो के गर्ने हो, संसदले नै गर्ने हो । कि संसदले फिर्ता पठाउँछ र उहाँहरुले संशोधन गर्न पाउनुहुन्छ कि संसदमा सत्तारुढ दलका साथीहरुले पनि संशोधन हालेर त्यसलाई सच्याउन सक्नुहुन्छ । प्रतिपक्षले पनि संशोधन हाल्न सक्छ । त्यो व्यवस्था हुँदाहुँदै सरकारले आफैले फेरी संसदमा पठाईसकेको विललाई उहाँहरु आफैले सच्याएर अपलोड गरिएको छ । यो विधि शाष्त्रको हिसावले पनि सरकारको ठूलो मिस्टेक छ । सरकारले एक पछि अर्को विधि किन मिचिरहेको छ रु आज हाम्रो यो प्रश्न हो ।’

     

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १७:५१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij