Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

दिल्लीमा रवि लामिछानेको प्रश्न: बीजेपीले कसरी टिकट बाँड्छ ?

दिल्लीमा रवि लामिछानेको प्रश्न: बीजेपीले कसरी टिकट बाँड्छ ?


  • 1.3K
    Shares

    • images
    दिल्लीमा रवि लामिछानेको प्रश्न: बीजेपीले कसरी टिकट बाँड्छ ?
    images

    सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) को निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भाजपा शीर्ष नेताहरूबीच अनुभव आदानप्रदान भएको छ। लामिछाने नेतृत्वको रास्वपा प्रतिनिधिमणडलले मंगलबार नयाँ दिल्लीको दीनदयाल मार्गस्थित पार्टी केन्द्रीय कार्यालयमा बीजेपी नेताहरूसँग भेटवार्ता गरेको हो।

    बीजेपीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेका अनुसार रास्वपा र बीजेपी नेताहरुबीच दुई पार्टीहरुका राजनीतिक अनुभव आदान–प्रदान भएको थियो। भेटमा लामिछानेले बीजेपीको संगठन तथा पार्टी सञ्चालनबारे मुख्य चासो राखेका थिए।

    भाजपा अध्यक्ष नीतिन नवीनले  पार्टीको राजनीतिक यात्रा, विचारधारा, संगठन संरचना र राजनीतिक संलग्नताबारे रास्वपा प्रतिनिधिमण्डललाई जानकारी गराएका थिए। नवीनसँगको बैठकको प्रसंग उल्लेख गर्दै डा.चौथाईवालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रिय तहदेखि बुथ तहसम्मको पार्टीको संगठनात्मक मोडेलबारे प्रस्ट पार्दै बीजेपी अध्यक्षले तल्ला तहका जनतासँग प्रत्यक्ष र निरन्तर सम्पर्क गरिरहँदाको महत्वबारे जानकारी गराउनुभयो।’

    अन्तरक्रियामा बीजेपी नेताहरूसँग लामिछानेले भाजापाले कसरी उम्मेदवार चयन गर्छ, सदस्यता वितरण प्रक्रिया र तल्लो तहका कार्यकर्तासँग जोडिने संयन्त्रबारे चासो राखेको विज्ञप्तिमा उल्लेख छ।

    अन्तरक्रिया क्रममा रास्वपा प्रतिनिधिमण्डललाई बीजीपेले नरेन्द्र मोदीको नेतृत्वको विकासमुखी शासकीय मोडलबारे पनि जानकारी गराएको थियो। रविको प्रतिनिधिमण्डलले लोकतन्त्रमा जेनजी पुस्ताको भूमिका र भावी नेतृत्व निर्माणमा उनीहरुको सहभागिताबारे चर्चा गरेको थियो।

    अन्तरक्रिया कार्यक्रममा दिल्लीका मुख्यमन्त्री श्रीमती रेखा गुप्ता तथा मनोज तिवारी, प्रवीण खण्डेलवाल, सुश्री बाँसुरी स्वराज, हर्ष मल्होत्रा र रामवीर सिंह बिधुडी सहभागी थिए। भेटवार्तापछि रास्वपा प्रतिनिधिमण्डलको सम्मानमा बीजेपीले दिवाभोजको को आयोजना गरेको थियो।

    bjp-ressrelease_hWHVqsEvEm.jpeg

    images
    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १९:२१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij