Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको पद जोगियो, एक सांसदद्वारा हस्ताक्षर फिर्ता

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको पद जोगियो, एक सांसदद्वारा हस्ताक्षर फिर्ता


  • 1.1K
    Shares

    • images
    सुदूरपश्चिमका मुख्यमन्त्री शाहको पद जोगियो, एक सांसदद्वारा हस्ताक्षर फिर्ता
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध भएको संसदीय दलभित्रको विद्रोह तत्कालका लागि साम्य भएको छ। मुख्यमन्त्री शाहलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर गरेका ९ सांसदमध्ये डम्मरी महराले आफ्नो हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्रीको पद जोगिएको हो।

    विद्रोही समूहमा रहेका एक सांसदले मंगलबार आफ्नो निर्णय सच्याउँदै हस्ताक्षर फिर्ता लिएको घोषणा गरेपछि मुख्यमन्त्री शाह अल्पमतमा पर्नबाट जोगिएका छन्। संसदीय दलको नेता बदल्नका लागि आवश्यक बहुमत नपुग्ने भएपछि मुख्यमन्त्रीलाई पदबाट हटाउने विपक्षी र विद्रोही सांसदहरूको प्रयास असफल भएको छ।

    महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तनभन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताएकी छन् ।

    शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । 

    Dammari-mahara.jpg 

     

     

     

    images
    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १७:००:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij