Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

प्रधानमन्त्री शाहको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म संसद् चल्न नदिने विपक्षीको अडान

प्रधानमन्त्री शाहको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म संसद् चल्न नदिने विपक्षीको अडान


  • 1.2K
    Shares

    • images
    प्रधानमन्त्री शाहको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म संसद् चल्न नदिने विपक्षीको अडान
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतसँगको सीमा विवादका विषयमा दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा विपक्षी दलहरू एकजुट भएका छन्। 
     
    सिंहदरबारमा बसेको विपक्षी दलहरूको सर्वदलीय बैठकले प्रधानमन्त्रीको उक्त भनाइ संसद्को रेकर्डबाट नहटाएसम्म र उनले माफी नमागेसम्म संसद् बैठक चल्न नदिने दृढ अडान लिएको छ।

    रास्वपा संसदीय दलको कार्यालयमा अहिले रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीसँग विपक्षी दलका प्रमुख सचेतकहरुको अहिले छलफल जारी रहेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिएका छन्। 

    प्रधानमन्त्री भनाई संसद्को रेकर्डबाट हटाउँदा र प्रधानमन्त्री शाहले गल्ती स्वीकारे समस्याको समाधान हुने नत्र बैठक चल्न नदिने अडानमा आफूहरु दृढ रहेको उनले बताए। 

    विवाद चर्किएपछि सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीको बचाउ गरेका छन्। प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको दाबी नगरेको बरु द्विपक्षीय प्राविधिक संयन्त्रमा यस्ता विषय उठ्दा आफू अचम्मित परेको प्रसङ्ग मात्र उल्लेख गरेको दाबी गरेका छन्।  

    images
    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १४:३२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij