२०८३ आश्विन १ गते बिहिवार
गोरखा । नेवाः पत्रकार राष्ट्रिय दबू गोरखा शाखाको अधिवेशन मिलनबस्ती होमस्टेमा सम्पन्न भएको छ । गोरखा भिमसेनथापा गाउँपालिका–५, बगुवा स्थित मिलनबस्तीमा यही जेठ १५ गते अधिवेशन सम्पन्न भएको हो ।
दबूको आगामी राष्ट्रिय महाधिवेशन भदौ १९ र २० गते गोरखामा गर्ने योजना बमोजिम पहिलो जिल्ला अधिवेशन गोरखा जिल्ला शाखाले सम्पन्न गरेको छ । मिलन बस्तीको सहिद स्मृति सभाभाहलमा सम्पन्न भएको अधिवेशनबाट हिरालाल श्रेष्ठको नेतृत्वमा ७ सदस्यीय जिल्ला कार्यसमिति तथा एक जना गण्डकी प्रदेश पार्षद प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रिय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा यहाँको संस्कृति तथा मातृभाषा संवद्र्धन तथा प्रवद्र्धन गर्न केन्द्र र जिल्लाको सहकार्य रहने प्रतिबद्धता वक्ताहरुले जाहेर गरेका छन् । जिल्ला अध्यक्ष भिमसेनबाबु श्रेष्ठको सभापतित्वमा प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष दिपक श्रेष्ठ ‘जलन’ले सञ्चालन गरेको कार्यक्रममा केन्द्रिय सल्लाहकार राजु शाक्य, उपाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ, महासचिव केके मानन्धर, गण्डकी प्रदेश संयोजक उत्तमकुमार श्रेष्ठले दवूको उद्देश्य र अभियानको निरन्तरताको औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा गोरखाका वरिष्ठ पत्रकार कैलाश बाबु श्रेष्ठ र भिमसेनथापा गाउँपालिका वडा ५ का अध्यक्ष होम बहादुर बरामुले जिल्लाको वस्तुस्थितिको जानकारी तथा यहाँको जनजीवनको प्रवद्र्धनमा संचारको भूमिकाको महत्वबारे बोल्दै दबूको आगामी केन्द्रिय महाधिवेशनमा सहयोग र सहकार्यको प्रतिबद्धता जाहेर गरे । नयाँ कार्यसमितिमा उपाध्यक्ष आत्माराम श्रेष्ठ, सचिव विनोद बाबु श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ रहेका छन् ।
त्यस्तै सदस्यहरूमा क्रमशः लक्ष्मी श्रेष्ठ, राजकुमार श्रेष्ठ र मनोज श्रेष्ठ छन् । गण्डकी प्रदेश पार्षद प्रतिनिधिमा अन्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij